Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

माओवादी केन्द्रको संगठन विस्तार अभियान तिब्र


कपिलवस्तु,

नेपाल कम्युनिष्ट पार्टी माओवादीले गाउँ कमिटी भेला तथा संगठन विस्तार अभियान तिब्र गतिमा सुरु गरेको छ। जस अन्तर्गत सोमबार विजयनगर गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गत आज २१ सदस्यिय कार्यसमिती गठन भएको छ । जस अन्तर्गत अध्यक्षमा सुबराती मियाँ सचिवमा प्रभात न्यौपाने र सदस्यहरुमा क्रमश सागर कार्की , शिव थारु, राम बहादुर परियार, ओम प्रकाश चौधरी, प्रभु रैदास, हकिम शाह, मुबारक मियाँ , इरफान नाउं, इस्माइल मियाँ, रहिम मियाँ, मोहम्मद हलिम शाह, अमिर हसन, मोहम्मद इर्साद, मोहम्मद फारुफ, जुगिरा लोनियां, विजय कुमार, विकास न्यौपाने , राजेश सुनार, सुनिल परियार रहेका छन् ।

सुबराती मियाँको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सदस्य तथा विजयनगर गाउँपालिका इन्चार्ज अर्जुन सापकाेटाको प्रमुख आतिथ्यता , तेज प्रसाद पौडेलको विशिष्ट आतिथ्यता साथै वाइसीएल कपिलवस्तु जिल्ला सदस्य तौलेश्वर खटिकको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका विजयनगर ईन्चार्ज तथा ४ नम्बर वडा कमिटी सचिव प्रभात न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma