Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाली काँगेस जिल्ला सभापतिहरुको रिले अनसन सुरु


नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनसन शुरु गरेका छन् ।क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले आजबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । काँग्रेसका नुवाकोटा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आज तीन जिल्ला सभापति अनसनमा बसेको जानकारी दिनुभयो । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बसेका छन् ।प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma