Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लुम्बिनीका मुख्यमन्त्री केसी चन्दौटामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गठबन्धन सरकारले कपिलवस्तुको मानव विकास सुचांक उकास्ने बताउनुभएको छ । मानव सुचांकमा पछाडि परेको जिल्लालाई अहिलेको सरकारले विशेष प्राथमिकता दिदै सबै क्षेत्रमा विकास गर्ने जनाउनुभयो । तिलौराकोट जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाको विकासको लागि सरकारले भौतिक पुर्वधार मन्त्रालय कपिलवस्तुलाई दिएको बताउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जसपा सास्कृतिक महासंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले गरिविको अभावमा पिल्सिएका जनतामा कायापलट नआउँदा सम्म तीन तहको सरकारको कुनै औचत्य नरहेको प्रष्ट पार्नुभयो । संघियताको अर्थलाई सावित गर्न नसक्दा प्रतिगमनकारीहरुले टाउको उठाउन सक्ने भएकोले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी ओली तर्फ ईकित गर्दै मुख्यमन्त्री केसीले संविधान मास्न प्रयास गर्ने तत्व आफै परास्त हुने टिप्पणी गर्नुभयो ।

संविधान र लोकतन्त्रको रक्षा गर्ने सबैको दायित्व रहेकोले संविधानका कतिपय बुदाहरुलाई परिमार्जन गर्दै गठबन्धन सरकार अघि बढने उहाँको भनाई छ ।अहिलेको सरकारले समाजवादको रक्षा गर्नुका साथै नागरिकहरुको जिवन स्तर उठाउन लागि पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले जनता समाजवादी पार्टीलाई फुटाउन ठुलो शक्ति लागि परेको पनि स्मरण गर्नुभयो । तानशाहले केहि अवसरवादिहरुलाई प्रयोग गरेर आधिकारीक जसपा माथि प्रहार गरेको बताउनुभयो । यस भन्दा अगाडिको सरकारले तीन वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले छ महिनामा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भौतिक तथा पुर्वधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने बताउनुभयो । जिल्लामा कतिपय योजनाहरु अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पुरा गर्ने लक्ष्य सहित योजना अघि बढेको बताउनुभयो । कार्यक्रममा विना विभागिय मन्त्री पुरमती ढेगा मगर,सुमन शर्मा रायमाझी लगाएतले सम्बोधन गर्नुभएको थियो । युवा नेता रहिश शाहको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णकुमार चौधरीको स्वागत मन्तव्य, प्रदेश अध्यक्ष अशोक यादव,प्रदेश प्रवक्ता अक्रम पठान लगाएत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma