Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उत्कृष्ट पुरस्कार राशि सहित चन्द्रौटामा भलिवल प्रतियोगिता हुदै

माधव बेल्बासे
कपिलवस्तु,चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको राईजिङ स्टार युवा क्लवको आयोजनामा असोज १ गते देखि भलिवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारासहित खुल्ला पुरुष तथा स्थानिय महिला स्तरीय भलिवल आयोजना गरिएको क्लवका अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।
शनिवार पत्रकार सम्मेलन गरि भलिवल प्रतियोगितका लागि तयारी भइरहेको बताउँदै मुलुकका ४०भन्दा बढी जिल्लाका खेलाडीहरु सहभागि हुने खेल संयोजक भरत पुन(शैलेन्द्र)ले बताउनुभयो । पछिल्लो समयमा युवाहरु लागुऔषध दुव्यसनि तर्फ लागेकोले खेलको माध्यम वाट त्यसलाई समेत न्युनिकरण गरिने पुनले बताउनुभयो । खुल्ला पुरुष तर्फ प्रथम हुनेलाई नगद १ लाख १ हजार १ ट्रफि मेडल,प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ७१ हजार ट्रफि मेडल,प्रमाण पत्र,तेस्रो हुनेलाई नगद ४१ हजार ट्रफि मेडल,प्रमाण पत्र सान्तवना हुनेलाई नगद २१ हजार ट्रफि मेडल,प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।त्यस्तै महिला तर्फ प्रथम हुनेलाई नगद १० हजार ट्रफि मेडल,प्रमाण पत्र,दोस्रो हुनेलाई नगद ५ हजार ट्रफि मेडल,प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।असोज ६ गते सम्म चल्ने प्रतियोगिमा सहभागिताको लागि आयोजकले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma