Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

भलिवल प्रतियोगिता फाईनल : गलकोट र मणिमुकुन्द भिड्ने


माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिवल प्रतियोगिताको वुधवार फाइनल खेल हुने भएको छ । फाईनलमा पुरुष तर्फ वाट गलकोट वाग्लुङ र मणिमुकुन्द क्लव विच प्रतिष्प्रधा हुने बताइएको छ । राईजिङ स्टार युवा क्लवको आयोजनामा आयोजित खेलमा तेस्रो स्थानको लागि पनि वुधवार विहान खेल हुने छ । जसमा आयोजक ए र एपिएफ विच प्रतिष्प्रधा हुने खेल संयोजक सैलेन्द्र पुनले बताउनुभयो । त्यस्तै महिला तर्फको खेलमा वुधवार नै लाफा समुह र एभरेष्ट क्लव भिडने जनाइएको छ । विहान ८ बजेदेखि खेल सुरु हुने जनाइएको छ । आज सम्म १९ वटा खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागीतामूलक प्रतियोगितामा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत जिल्लाका खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्धितीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने क्लवका अध्यक्ष प्रदिप थापाले बताउनुभयो । भोलि १ बजे पछि खेल कार्यक्रम समापन गरिने प्रचार प्रसार सम्योजक गम्भीर पुन (शिरीष)ले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma