Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गाेल्डेन स्टार युवा क्लबको नवौ सस्करणकाे खेल शुरु ।।

गाेल्डेन स्टार युवा क्लबको नवौ सस्करणकाे खेल आजबाट शुरु भएको छ ।
गाेल्डेन स्टार युवा क्लबको खेल मैदानमा मंगलबार संघीय सासद अभिषेक प्रताप शाहले दिप प्रज्वलन गरि नवौ सस्करणकाे आयोजना उट्घाटन गर्नु भएको हो ।
बिगत ११ बर्ष अघिबाट गाल्डेन स्टार युवा क्लबले यस आयोजनालाई निरन्तर दिदै आएको भए पनि काेभिडका कारण स्वास्थ्य समस्यलाई मध्यनजर गरि दुई बर्ष स्थगित गरेको आयोजना काेभिड कम भए पछी भेला बसी आयोजनालाई निरन्तरता दिने निर्णय गरेको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै संघीय सासद अभिषेक प्रताप शाहले खेल क्षेत्र मात्र नभई समग्र शिवगढीको बिकासका लागि सधै साथ सहयोग रहने तर सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै बिशिस्ट अतिथिको आसन बाट बोल्दै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले गाल्डेन स्टार युवा क्लबले खेलको मध्यम बाट युवाहरुलाई जागरुक गराई स्वस्थ रहन कुलतको बाटो लाग्न रोक्ने गरेको प्रयास राम्रो भएकोले सधै आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनु भयो । जब सम्म खेल समान्य रुपमा खेलिन्छ तब सम्म खेल मात्र रमाइलो गर्ने साधन मात्र बन्ने भएकोले यसलाई सस्थागत बिकाश गर्दै खेल मैदानको बिकाश राम्रो र खेलाडीको उत्पादन तर्फ सबैले ध्यान दिनु पर्ने बाटो पुल पुलेसो निर्माण गरेर मात्र नहुने स्वस्थ समाजको निर्माण नहुदा सम्म अरु बिकासको अर्थ नरहने भएको खेलबाट मात्र स्वस्थ समाजको निर्माण हुने भएकोले खेल क्षेत्रमा पनि लगानी गर्नु पर्ने ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलले बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष चुर बहादुर खडकाले बजेट बिनियोजन गर्दा सबै वडा बुद्धिजीवी सहमति मै बिनियोजन गरिने भएको हुँदा कहिलेकाही खेल क्षेत्रलाई सौतेनी ब्यवहार भएको जस्तो अनुभव भएको अहिले जे जति सम्भव हुन्छ त्यो गर्ने र आगामी दिनमा यस् क्षेत्रलाई विशेष ध्यान दिने बताउनु भयो
मंगलबार ४ बजे बाट शुरु भएको पहिलो खेल शिवगढी स्पोर्टिङ र राईजिङ्ग स्टारका बिच भएको थियोे उक्त खेलमा १ क विरुद्ध २ गोल गरेर शिवगढी स्पोर्टिङ बिजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma