Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

वडालाई कृषिमा अब्बल बनाईन्छ :अध्यक्ष सापकोटा

माधव बेल्वासे
चन्द्रौटा,१५ असोज

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको बताउनुभयो । वडाका कृषकहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक रूपमा कृषि पेसालाई अगाडि बढाउनुपर्ने उहाँको भनाई छ । शिवराज कृषि सहकारीको छैठौ साधारण सभामा बोल्दै अध्यक्ष सापकोटाले सहकारीले कृषि क्षेत्र धेरै काम गरेकोले अब किसानले उत्पादन गरेका बस्तुलाई सहकारीले खरिद गर्नुपर्ने बताउनुभयो ।
नगरले तरकारी संकलनको लागि सहकारीलाई जिम्मा दिने तयारी गरेकोले शिवराज सहकारी त्यसको लागि तयार हुनुपर्ने बताउनुभयो । वडाले प्रत्येक वर्ष कृषि क्षेत्रमा विभिन्न कार्यक्रम राखेकोले अब पनि निरन्तर गरिरहने बताउनुभयो । कतिपयले अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेकोले त्यो अब सम्भव नरहेको बताउनुभयो । शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले उत्पादनको आधारमा स्थानीय तहले अनुदान दिने बताउनुभयो । यस वर्ष शाखाले शाखाले विभिन्न कृषक सहकारीहरू सँग समन्वयन गरी अनुदान प्रदान गर्ने जनाउनुभयो ।
शिवराज नगरपालिका ३ स्वर्गद्वारी मन्दिर परिसरमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष केयरसिंह अदैले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले आइएमी सञ्चालन गर्नुको साथै किसानहरूको लागि मल बिक्री लगायतका कामले कृषकहरूलाई सहज भएको बताउनुभयो । अध्यक्ष अदै चालु आवमा कृषकहरूलाई तालिम प्रदान गर्ने,तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने,मल बिउ खरिद गर्ने,सामूहिक खेतीको लागि पहल गर्ने लगायतका योजना अघि सार्नुभएको छ । सस्थाको २०७७ ।७८ मा ७१ लाख ५१ हजार ९९४ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma