Home समाचार गढवा एफ सी महिला फाईनलमा पुरुष तर्फको खेलमा मिसन बने उत्कृष्ट ।।
समाचार

गढवा एफ सी महिला फाईनलमा पुरुष तर्फको खेलमा मिसन बने उत्कृष्ट ।।


कपिलवस्तु गढवा एफ सी महिला फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो महिलातर्फ ग्रीन भिजनसंग भएको खेल पेनाल्टी मा २ का विरुद्ध ३ गोल गरेर गढवा एफ सी महिलाले फाईनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा गढवा एफ सीले राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा र ग्रीन भिजनको गोल कीपरको उत्कृष्ट बचाउले खेल पेनाल्टीमा पुगेको हो । कीपरले रामो बचाउ गरेर पेनाल्टी सम्म पुगे पनि ग्रीन भिजनको पेनाल्टी राम्रो नहुदा प्रतिस्पर्धामा सेमिफाइनलबाट बहिरियको हो ।
शुक्रबारको अन्तिम खेल शिवगढी स्पोर्टिङ र जन आदर्श को बीच भएको थियोे उत्त खेलमा शिवगढी स्पोर्टिङ १ को विरुद्ध ४ गोल गरेर सेमिफाइनल प्रवेश गरेको छ ।खेलको दोस्रो हाफमा उत्कृष्ट गोल गरेर शिवगढी स्पोर्टिङका मिसन घर्ती उत्कृष्ट खेलाडी बनेको छ ।
शनिबार पुरुषतर्फको दुई खेल हुनेछ पहिलो खेल गोर्खाज फुटबल क्लब र गा्ल्डेन स्टार् बी र अन्तिम खेल सुर्यमुखी जयबुद्ध बीच क्वाटरफाईनलको अन्तिम खेल हुनेछ
Facebook Comments Box
Shares

Author

मोफसल खबर