कपिलवस्तु
सोमबार भएको शिवगढी कपको सेमिफाइनलमा गाेल्डेन स्टार र शिवगढी स्पोर्टिङ बिजयी भएको छ ।


पहिलो सेमिफाइनल सुर्यमुखी र शिवगढी स्पोर्टिङको बीच भएको थियोे ।उक्त खेलमा ० को विरुद्ध १ गोल गरेर शिवगढी स्पोर्टिङ बिजयी भएको हो ।दोस्रो खेल ४ बजेदेखि नवसृजनशिल र गाेल्डेन स्टार बीच भएको थियो पहिलो हाफबाट नै दबाब बनायको गाेल्डेन स्टार पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गर्दै ० को विरुद्ध ४ गोल गरेर फाईनलमा शिवगढी स्पोर्टिङसंगको भेट् पक्का गरेको हो मंगलबार उपाधिको लागि आयोजक गाेल्डेन स्टार र शिवगढी स्पोर्टिङ बीच प्रतिस्पर्धा हुनेछ ।
१.३० बजे गढवा र गाेल्डेन स्टार को बिच महिला तर्फको फाईनल हुने खेल संयोजक क्लबका सचीव शिव जि सीले जानकारी दिनु भयो ।

0Shares