कपिलवस्तु शिवगढी कपको पुरुष तर्फको उपाधि शिवगढी स्पोर्टिङ र महिलामा गढवा एफ सीले चुमेको छ ।
मंगलबार गाेल्डेन स्टारको खेल मैदानमा भएको फाईनलमा आयोजक गाेल्डेन स्टारलाई ० को विरुद्ध १ गोल गरेर शिवगढी स्पोर्टिङ नवौं सस्करणकाे च्याम्पियन बनेको हो ।
कडा प्रतिस्पर्धा भएको फाईनलमा पहिलो हाफ सम्म कडा प्रतिस्पर्धा भएको खेलको ६५ औ मिनेटमा शिवगढी
स्पोर्टिङ का बिशालले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलमा गाेल्डेन स्टारले पनि केहि राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा उपाधी नजीक पुगेर उपबिजेतामा सिमित रहेको छ । आजै भएको महिला तर्फको फाईनलमा गाेल्डेन स्टारलाई ० को विरुद्ध ५ गोल गरेर महिला उपाधी चुमेको छ ।
बिजेता शिवगढी स्पोर्टिङलाई ५१ हजार कप मेडल र प्रमाणपत्र उपबिजेता गाेल्डेन स्टारलाई २६हजार कप मेडल र प्रमाणपत्र सन्त्वना सुर्यमुखी र नवसृजनशिलाई ६ हजार महिला तर्फका बिजेता गढवालाई१५ हजार कप मेडल र प्रमाणपत्र उपबिजेता गाेल्डेन स्टारलाई ६हजार कप मेडल र प्रमाणपत्र क्लबका अध्यक्ष इस्वर गिरि प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन के सी बिशिस्ट अतिथि बिजयनगर गाउपलिका अध्यक्ष गोपाल बहादुरले प्रदान गर्नु भएको छ ।

0Shares