Home समाचार मुख्यमन्त्री नेकपाका नेता ‘वीरजङ्ग’ को श्रद्धाञ्जलीसभा सहभागी हुन शिवगढीमा ।।
समाचार

मुख्यमन्त्री नेकपाका नेता ‘वीरजङ्ग’ को श्रद्धाञ्जलीसभा सहभागी हुन शिवगढीमा ।।

कपिलवस्तु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के सी नेकपाका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को श्रद्धाञ्जलीसभा सहभागी हुन शिवगढी पुग्नु भएको छ ।उपचारको क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उहाको ६१ वर्षको उमेरमा दुःखद् निधन भएको चन्द्रबहादुर चन्द ‘वीरजङ्गको श्रद्धाञ्जलीसभा सहभागी हुन शिवगढी पुग्नु भएको हो
शनिबार बिहान हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित उहाँकै निवासमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियोे । बिहान उहाँकै निवासमा ल्याई उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको हो ।
श्रद्धाञ्जलीसभामा नेकपा महासचिव नेत्रबिक्रम चन्द विप्लव, लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के सी प्रदेशसभा सदस्य तुलाराम घर्ती नेकपा केन्द्रीय सचिवालय सदस्यहरू पार्टीका नेता–कार्यकर्ता र जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उहाँको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उहालाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिनु हुन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर