Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

जीवन उपयोगी शिक्षामा जोड दिनुपर्छ : प्रदेश सभा सदस्य केसी

कपिलवस्तु-लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले जीवन उपयोगी शिक्षा जोड दिनुपर्ने बताउनु भएको छ ।कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा विहिवार भएको जीवन उपयोगी शिक्षा कार्यक्रममा बोल्दै सांसद केसीले समय अनुसारको शिक्षा हुनुपर्ने भएकोले  जीवन उपयोगी शिक्षालाई जोड दिनुपर्ने बताउनु भयो ।मानव जीवनमा सुख शान्ति प्राप्तिका लागि जीवन उपयोगी शिक्षा आवश्यक रहेको बताउनु भयो ।

। चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा चन्द्रौटामा सम्पन्न भएको जीवन उपयोगी शिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले जीवनमा सुखशान्ति अमनचयन मानव जीवनको अति आवश्यक रहेको हुनाले त्यसलाई सही व्यवस्थापन गरे मानव जीवन सरल तरिकाबाट जिउन सकिने बताउनुभयो ।

एक दिवसयि जीवन उपयोगी शिक्षाको बारेमा प्रशिक्षण दिंदैं अन्तर्राष्ट्रिय ख्याति प्राप्त राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले आध्यात्मिक ज्ञानको अभावमा मानव जीवन भताभुङ्ग भएको समेत जानकारी दिनुभयो । उहाँले मानव समाजले अनुशासन र नैतिकताको बाटोमा लाग्न अति जरुरी भएकोले राजयोग ९ध्यान०ले हाम्रो चरित्र निर्माण गर्नुका साथै आधात्मिक ज्ञानको विकास गर्ने भएकोले वर्तमान समयमा यो अति जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रम चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलको अध्यक्षता ,उपाध्यक्ष प्रेमकला पौडेलको संयोजन तथा महासचिव गोपाल बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न कार्यक्रममा कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति बिष्णु प्रसाद खतिवडा ,सगरमाथा सिकाई केन्द्रका अध्यक्ष बिष्णु प्रसाद अधिकारी,संजीवनी सामुदायिक अस्पताल अध्यक्ष टोपलाल पोखरेल,  ब्रम्हकुकारी ईश्वरीय बिश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्र चन्द्रौटा कपिलवस्तुकी संचालिका ब्रम्हकुमारी गिता दिदी, होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ शिवराज अध्यक्ष बिष्णु पोखरेल , मत्सय व्यावसायी संघ जिल्ला उपाध्यक्ष बसन्त बेल्वासे लगायतले जीवन उपयोगी शिक्षाका बिविध बिषयमा बोल्दै मानव जीवनमा सुखशान्ति अपरिहार्यता भएको उल्लेख गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma