Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

घटना व्यवस्थापन सम्वन्धि अभिमुखिकरण

कपिलवस्तु – दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको आयोजनामा वाल अधिकार समितिको लागि घटना व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विगत दुई वर्ष देखि वालश्रम विरुद्ध काम गर्दै आएको संस्थाले सरोकारवालाहरु सँग छलफल गरेको हो ।
विहिवार आयोजित उक्त कार्यक्रममा वोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वाल अधिकारको लागि सबै तहको आवश्यक रहने जिकिर गर्नुभयो । गाउँ गाउँमा टोल विकास संस्था तथा वाल संजालहरु गठन भएको भन्दै घटना व्यवस्थापनमा उनीहरुको सहयोग लिन सकिने बताउनुभयो । नगरले वाल कोष स्थापना गरेकोले पिडित वालवालिकाहरुलाई नगरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वाल अधिकारलाई स्थापित गर्दै वालवालिकाहरुलाई सहयोग तथा उद्धार गर्ने तरिकोको विषयमा छलफल भएको थियो ।
ईटा उद्योग,होटल व्यवसायमा कार्यरत तथा सडक वालवालिकाहरुको सख्या धेरैमा रहेको उनीहरुलाई संरक्षण गर्नुपर्नेमा विषयमा सहभागिहरुले आ आफ्नो तर्क राखेको थिए ।उक्त अभिमुखिकरण कार्यक्रम समितिका अध्यक्ष मिना परियारको सहजिकरणमा सम्पन्न भएको हो ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल,शिक्षा शाखा प्रमुख लोकराज पन्थी,कार्यपालिका सदस्यहरु,प्रहरी,संघ सस्थाका प्रतिनिधि,पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma