Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमालेले नै देश रुपान्तरण गर्छ : केन्द्रीय सचिब रायमाझी

अर्घाखाँची – नेकपा माओबादी केन्द्रका मालारानी ३ का वडाकमिटी अध्यक्ष रोमाहर्स खनाल सहित ४५ घरपरिवार नेकपा एमालेमा प्रबेश गरेका छन । नेकपा एमालेका केन्द्रीय सचिब टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच प्रवेश गराउनु भएको हो । प्रबेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै भएको बताउनु भयो ।

एमालेविरुद्ध भएको ५ दलीय गठबन्धनले समयमै चुनावको मिति घोषणा नगरेर संविधानविपरीत जान खोजेको रायमाझीले बताउनु भयो । ‘गठबन्धन सत्ताधारीहरुले हार स्वीकार गरिसके, चुनाव गर्न एमालेसँग डराएर अनेक बाहना बनाएर स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोजेका छन्,’ रायमाझीले भन्नु भयो । ‘अब एमालेले नै देश रुपान्तरण गर्छ, देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ ।’

आगमि सबै चुनावमा एमालेले जित्ने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने रायमाझीले बताउनु भयो । प्रतिपक्षको विरुद्धमा सत्ता पक्षको गठबन्दन कहि नभएको जात्रा भएको रायमाझीले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्काले नेकपा माओबादी केन्द्रमा भर्मबस रहनु भएका नेता कार्यक्रताहरु अब नेकपा एमालेमा आवद्ध हुने क्रम बढेको बताउनु भयो । देशलाई समृद्धिको दिशामा अगाडि बढाउने बिचार नेकपा एमालेले बोकेको भन्दै अहिले देश ब्यापी रुपमा एमाले प्रती जनलहर बढेको खड्काले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले पार्टीमा समाहित हुनु भएका ब्याक्तीहरुलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

नेकपा एमालेले पार्टी प्रबेश कार्यक्रमलाई ३ महिने अभियानको रुपमा अगाडि बढाएको नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले बताउनु भयो । नेकपा एमालेमा प्रबेश गर्नेहरुको तर्फबाट बोल्दै रोमाहर्स खनालले नेकपा एमालेको सगठनलाई सुदृढ बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनु भएको थियो । पार्टी प्रबेश कार्यक्रम नेकपा एमाले मालारानी ०३ का वडा अध्यक्ष डण्डपानी पोख्रेलको अध्यक्षता , शोभाखर खनालको स्वागतमन्तब्य र टक खनालको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिलाकमिटी सचिब बिधान रायमाझी , उपसचिव सम्भु पोख्रेल ,मालारानी गाउँपालिका सगठन कमिटिका अध्यक्ष सालिकराम आचार्य ,जेस्ठ कम्युनिस्ट मन्चका प्रदेश सदस्य ईस्वरी खनाल , जिल्ला कमिटी सदस्य तिलक मिश्र , पार्टीका जिल्ला कमिटी सदस्य तथा मालारानिका अध्यक्ष बालकृष्ण आचार्य , उपाध्यक्ष प्रमिला क्षेत्री , पार्टी जिलाकमिटी सदस्य गगाराम खनाल ,पार्टीका कार्यालय सचिब लिलबहादुर बिक , नेकपा बिस्णु बिक , नेकपा एमाले मालारानी सगठन कमिटिका उपाध्यक्ष बिस्णु मिश्र , सचिब नारायण प्रसाद आर्याल , उपसचिव दिपा पोख्रेल लगायतको आतिथ्यता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma