Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

ओलीमाथि काेराेना फैलाएकाे आराेप, कारबाहीको माग गर्दै प्रशासनमा निवेदन

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ।

आफू कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर ओलीले संक्रामक रोग ऐन २०२०  विपरित कार्य गरेको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले निवेदन दिएका हुन्।

‘आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ निवेदनमा उल्लेख गरिएको छ।

निवेदनमा ओलीले कार्यक्रममा सहभागी भइ भाषण गरेको र सो को विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको भन्दै प्रमाणको रुपमा ती समाचार सामग्री र तस्बीरसमेत पेस गरिएको छ।

निवेदनमा भनिएको छ,‘ओलीको उक्त उपस्थिती र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथसाथै आम जनमानसमा कोरोना कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरु कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ।’

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निवेदन परेको भन्ने जानकारी आएपनि आफू दिनभर कार्यालय बाहिर रहेकोले विस्तृतरुपमा बुझ्न बाँकी रहेको बताइन्।

ओलीलाई माघ ९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमित ओली गत माघ १२ गते बालकोट चोकमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर संवोधन समेत गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma