Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नयाँ डाक्टर आयाे भन्दैमा सबै बिरामीकाे समस्या एकैचाेटि समाधान हुँदैन : विश्वप्रकाश शर्मा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी सङ्गठन ९नेविसङ्घ० लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसङ्घलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनुभयो ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसङ्घका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताउनुभयो । नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँले देशको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसङ्घजस्ता सङ्गठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘भातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् रु के छ रु हाम्रोबारेमा के सोचिरहेका छन् रु भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् । तर के बिर्सनु हुँदैन भने कुनै अस्पतालमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीको समस्या एकैचोटि समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो प्रकृतिको बारेमा कुरा गर्दा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ता दिएको मान्छे हुँ । अहिले म महामन्त्री भए पनि धेरै बोलेको छैन ।

बोल्ने वाला पनि छैन । त्यस कारण तपाईँहरूको विषयको बारेमा अहिले हामी छलफल गरिराखेका छौँ । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरूको बारेमा किन पनि जोड छ भने यी सङ्गठनहरू बलियो बन्नु भनेको तपाईँहरूका लागि होइन, यो त देशको कष्टको कुरा हो । नेविसङ्घ नमुना सङ्गठन बन्नुपर्छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताउनुभयो । त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसङ्घको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma