Home राष्ट्रिय समाचार सर्वोच्चमा सेवा कटौतीलाई माघ २८ गतेसम्म निरन्तरता
राष्ट्रिय समाचार

सर्वोच्चमा सेवा कटौतीलाई माघ २८ गतेसम्म निरन्तरता

काठमाडौं – सर्वोच्च अदालतले कोरोना महामारीका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसम्बन्धी रिट सुनुवाइ गरिरहेको छ ।

त्यस्तै मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, मुलुकी फौजदारी संहिता २०७४ को दफा ७३, १३७ ९६० र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन र प्रतिवेदनउपर पनि सुनुवाइ गरिरहेको छ ।

सर्वोच्चले थुनुवा भएकाहरूको मुद्दा, हेर्दाहेर्दै र निर्णय सुनाउने क्रममा रहेको मुद्दा, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गरेको छ । यीबाहेकका अरू सेवा भने महामारीका कारण बन्द गरिएको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर