Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेविसङ्घकाे महाधिवेशन गराउनेबारे केही दिनभित्रै निर्णय गर्छाैँ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनुभएको छ । 

महामन्त्री थापाले यही आउँदाे शुक्रवार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसङ्घको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताउनुभएको हो । उहाँले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसङ्घका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आज मङ्गलवार नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा आज मङ्गलवार भएको भेटमा महामन्त्री थापाले नेविसङ्घभित्र देखिएको समस्या समाधान गर्ने काम त्यही सङ्गठनकाे भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दिनभित्रै हामी निर्णय गर्छाैँ । नेविसङ्घलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइ दिन तपाईँहरूलाई आग्रह गर्दछु ।’

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसङ्घभित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराउनुभयो । 

भेटमा नेविसङ्घका नेताहरूले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma