Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीय चुनाव घोषणाका लागि सरकारलाई दबाव दिने एमालेको निर्णय

काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने भएको छ ।बुधबार बसेको एमाले सचिवालयको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ । बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।

स्थानीय निर्वाचनमा केन्द्रित रहेर केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma