Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चेम्बर अफ कमर्श कपिलवस्तुद्धारा हाट बजार एकिकृत गर्न उप समिति गठन

कपिलवस्तु -चेम्बर अफ कमर्श कपिलवस्तुले आफ्नो कार्य क्षेत्र भित्र रहेका ब्यवसायीहरु एकीकृत गर्न हाट बजार ब्यवसायी उप समिति गठन गरेको छ ।
चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा आज(बिहिवार )चेम्बर अफ कमर्स कपिलवस्तुको हलमा बसेको बैठकले रजत गुप्ताको अध्यक्षतामा १५ सदस्यीय उप समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा रितिक थापा,सचीवमा अनिल मौर्य ,उप सचीवमा दिनदयाल गिरि ,कोषाध्यक्षमा रमेश अर्याल र सदस्यमा उमेश प्रसाद अग्रहरी ,दिपक यादव ,रिता विश्वकर्मा लगायत चयन हुनु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेव पोखरेलले हाटबजार व्यावसायीका समस्या समाधान गर्न चेम्बर ले सहयोगीको रुपमा भुमिका खेल्ने बताउनु भयो ।

बैठकमा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष महादेव पोख्रेल, उपाध्यक्ष प्रेमकला पौडेल, महासचिब गोपाल बन्जाडे लगायत चेम्बर अफ कमर्स कपिलवस्तुका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma