Home राष्ट्रिय समाचार, समाचार कोरोना खोप अभियानमा नेपाललाई सफलता, डब्ल्यूएचओले दियो बधाई
राष्ट्रिय समाचारसमाचार

कोरोना खोप अभियानमा नेपाललाई सफलता, डब्ल्यूएचओले दियो बधाई

काठमाण्डौ – नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्विटरमार्फत बधाई दिँदै भनेको छ ।

नेपाल सरकारले चैतसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर