Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न प्रचण्डको निर्देशन


काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको चुनावको तयारीमा जुट्न पार्टी मातहतकानेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको आजको भर्चुअल वैठकलाई सम्वोधन गर्दे अध्यक्ष प्रचण्डले पार्टीको पक्षमा नतिजा आउने गरी तयारीमा लाग्न आग्रह गर्नुभएको हो ।

पार्टीलाई गाउँ केन्द्रीत कार्यक्रम वनाएर परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । बैठकमा राष्ट्रिय सहमतिविना एमसीसी परियोजना अघि नवढ्ने उहाँको भनाइ थियो । एमसीसीलाई माध्यम बनाएर गठवन्धन तोड्ने, राजनीतिक बातावरण बिगार्ने र मुलुकलाई प्रतिगमनमा लैजाने षड्यन्त्र असफल भएको प्रचण्डको टिप्पणी थियो ।

एमसीसीको विषयलाई लिएर अहिलेको सत्ता गठवन्धन नटुट्ने दावी उहाँले जानकारी गराउनुभो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेता, कार्यकर्ता उत्पादनमा जोडिएर मात्र अवको पार्टीलाई ब्यवस्थित वनाउन सकिने धारणा राख्नुभयो । कर्णाली प्रदेशका १० वटै जिल्लाका संयोजक, प्रदेश समिति सदस्य, पार्टीका केन्द्रीय सदस्य र जनवर्गिय सङ्गठनका नेताहरूको बैठकमा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma