Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

मल आपूर्तिको समस्या विश्वभर बढेको भन्दै विकल्प खोज्न विज्ञको सुझाव

काठमाण्डौ – मल आपूर्तिको समस्या विश्वभरमा बढेको भन्दै विज्ञहरूले विकल्प खोज्न सुझाव दिएका छन् । राम्रो उत्पादनका लागि भन्दै किसानले रासायनिक मलको प्रयोग गर्ने गरेका छन् । तर, मल आपूर्तिमा हुने ढिलासुस्तीले किसानलाई सुविधाभन्दा बढि सास्ती हुने गरेको छ । ३५ वर्षदेखिव्यवसायीक तोरी खेति गर्दै आउनुभएका नवलपरासीका सुमित्रा सिन्जालीले आवश्यक परेका बेला मल कहिल्यै नपाएको गुनासो गर्नुभयो ।

सरकारको पछिल्लो तथ्याङ्क अनुसार नेपालका ६५ प्रतिशतभन्दा धेरै नागरिक कृषि पेशामा आवद्ध छन् । ती मध्ये धान, गहुँ, मकै लगायतका अन्नबाली र तरकारी बाली लगाउने किसानलाई वर्षेनि ५ देखि ६ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । तर, सरकारले मागको ५० देखि ६० प्रतिशत मात्रै आपूर्ति गर्दा उत्पादन बढाउन नसकिएको कैलालीका एकजना किसान धनसिंह साउँदले बताउनुभयो । सरकारले बङ्गलादेशसँग सरकारीस्तरमा मल खरिदका लागि गत वर्षको पुसमा सम्झौता गरेको थियो भने भारतबाट पनि मल ल्याउन सम्झौताको पत्र पठाइएको थियो । तर बङ्गलादेशले मल पठाउन सकेन भने भारतले पत्रको जवाफ नै दिएन ।

अबको केही वर्षसम्म मल अभावको समस्या समाधान चुनौतीपूर्ण रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताउनुभयो । समयमा मल आपूर्ति नहुँदा कृषि उत्पादनमा कमी आउने भएकाले रासायनिक मलको विकल्प रोज्नुपर्ने एक जना कृषि विज्ञ तेज बहादुर सुवेदीले बताउनुभयो । समयमै मल पूर्ति नहुने, बालीमा किरा लाग्ने, बजार नपाउने जस्ता समस्याकै कारण कृषि पेशामा आवद्ध हुनेको सङ्ख्या पनि घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma