Developed By Kuldeep Sharma

८ महिना अगाडि

कपिलवस्तु मा एम सी सी सम्झौता विरुद्ध पाँच दलको प्रदर्शन

कपिलवस्तु –

कपिलवस्तु – कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा आज एम सी सी सम्झौता विरुद्ध जिल्लामा क्रियाशील पाँच दलले विरोध प्रदर्शन गरेका छन ।

चन्द्रौटाको खसी बजार बाट एम सी सी सम्झौता खारेजी को नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरी चन्द्रौटा चोक मा सभा समापनन भएको हो । नेकपा का जिल्ला सेक्रेटरी कमल के सी को सञ्चालनमा भएको सभालाई नेकपा का केन्द्रीय सदस्य भेषराज भुसाल, राष्ट्रिय जनमोर्चा प्रतिनिधि तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदै, नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेकपा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरे, नेकपा मालेका जिल्ला संयोजक ओम नारायण चतुर्वेदीले सम्बोधन गरेका थिए ।

राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा लागू गर्न नदिने बताउँदै जबर्जस्ती लागु गर्न खोजे जस्तो सुकै बलिदानी दिन तयार रहेको बताएका छन् ।
अमेरिकाको दिर्घकालीन योजना चीन लाई घेराबन्दी गर्नु, र इन्डोप्यासिफिक, आइपिएस रणनीति अन्तर्गत रहेको हुँदा यसलाई समर्थन गर्नु भनेको नेपाल चीन विरुद्ध अमेरिकी सैन्य क्याममा सामेल हुनु रहेका बताएका थिए ।

विश्वका स्वतन्त्र र गरीब देशहरूमा अमेरिकाले गरेको हैकम बारे प्रस्ट पार्दै नेपालमा जबर्जस्ती लिनै पर्छ भनेर दबाब दिनु नेपाल को संविधान भन्दा माथि भएको हुँदा यसको खारेजीको विकल्प नभएको बताएका छन् । वक्ताहरुले सेरबहादुर, प्रचण्ड, केपी ओली, माधव नेपाललाई जनता माथि भ्रम नछर्न चेतावनी दिँदै ढुलमुल नहुन र यौटा कित्ता रोज्न दबाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma