Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुन्छ : कांग्रेस प्रवक्ता शर्मा

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । 

उहाँले बैठकमा स्थानीय चुनावकाे बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताउनुभयो । बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्‍याएर टुङ्ग्याउने भन्ने कुरामा छलफल भएको बताउनुभयो । उहाँले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘एमसीसी संसदबाट नै टुङ्ग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतका साथ पारित हुन्छ । विभिन्न सरकारकाे सहभागितामा एमसीसी अघि बढेको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो । त्यो अन्योललाई पनि चाँडै समाप्त पार्नुपर्छ र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनुपर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै दुई मत छैन । साथीहरूले यो प्रक्रिया अघि बढाउने र अरू दलहरूको सहमतिमा लाग्ने कुरा गर्नुभएको छ ।’

प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma