Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमसीसी सम्झौता संसदमा पेश गर्नु कांग्रेस र एमाले एकमत

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी एमसीसीबारे कांगेस र नेकपा एमाले एकमत भएका छन् । सत्तारुढ गठबन्धन भित्र विवाद रहेका बेला नेकपा एमाले पनि एमसीसी सम्झौतालाई संसदमा लैजान जोडबल गरीरहेको छ ।

एमालेले यसअघि नै सत्तारुढ गठबन्धन एमसीसीबारे क्लियर हुनुपर्ने बताउँदै आएपनि उनीहरुभित्र मतभेद जारी छ । सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसी संसदमा पेस नगर्ने भनाई बाहीरीए पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले सरकारले पेश गर्ने एमसीसी रोक्ने अधिकार सभामुख सापकोटालाई नभएको बताउनु भएको छ। गठबन्धन भित्र सहमती नभएपनि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस एमसीसी पास गर्न तमतयार नै छ ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत पनि सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताउनु हुन्छ । नेपाल सरकारकै समर्थन, अनुदान आएको, तिर्न नपर्ने, नेपालकै हितमा रहेको भन्दै उहाँले यसवारे नेताहरुले गलत प्रचार गरेको बताउनुभयो । एमसीसी सम्झौता प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने पनि उहाँले बताउनुभयो ।

एमसीसीबारेका भ्रमहरू एमसीसीले नै प्रष्ट पारिसकेको भन्दै महतले देश अनुसार अलग अलग नीति बनाउनु नेपालकै लागि घातक हुने समेत बताउनुभयो ।

यता सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले यथास्थीतीमा कुनै पनि हालतमा एमसीसी पास नगर्ने अडान कायमै राखेको छ । माओवादी नेता तथा पुवै मन्त्री टेक बहादुर बस्नेतले आफुहरु गठबन्धन तोड्न तयार रहेको तर यथास्थीतीमा सम्झौता पास नगर्ने बताउनभयो । कुनै पनि सहयोग देशको सार्वभौम र जनात भन्दा माथी नहुने भन्दै साष्ट्रघाती सम्झौतामा सामेल नहुने बताउनुभयो ।

गठबन्धन भित्रका दलहरुमा कांग्रेस मात्रै एमसीसी सम्झैता पास गर्न लालाहित बनेको छ । यसबाहेका अन्य दलहरु पास गर्ने नहुने, गरेपनि संसोधन गर्नुपर्ने अडानमा छन् । यसमा सत्तारुढ दलको एक घटक राष्ट्रिय जनमोर्चाले पनि विरोध जारी राखेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले प्रतीगामी कदमहरु विरुद्ध सरकार बनेपनि गलत कदममा साथ नदिने बताउनुभएको छ । नेपालको आफ्नै स्वाभीमान छ, आ–आफ्नो विचार छ तर गलत निर्णमा आफनो सहमती नभएको उहाँको भनाई छ ।
देशभर एमसीसीका विरुद्धमा आवाज उठेपनि दलका आ आफ्नै अडान छ । एमसीसी अहिले नेताहरु कसैका लागी पासो बनेको छ । चर्को फरक मतका कारण एमासीसीकै कारण गठबन्धन टुट्ने आँकलन समेत गर्न थालीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma