Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सांसद शाहको सहयोगमा चोर खोला वासीलाई पानी

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको व्यक्तिगत लगानीमा चोर खोलाका नागरिकहरूले खानेपानी पाएका छन् । लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले सरकार वाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताउनुभयो । शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्न आफूले सहयोग गर्ने शाहको भनाई छ ।
केही दिन अघि सांसद शाह चोर खोलामा स्थलगत पुगेर अवलोकन गर्नुभएको थियो । चोर खोलामा भएको समस्या समाधानका लागि आफूले सहयोग गरेको उहाँको भनाई छ । चोर खोला गाउँका ३६ घर परिवारले अब शुद्ध पानी पाउने छन् । शाहको आर्थिक सहयोग पानीको व्यवस्थापन भएको र केही दिनमै औपचारिक रूपमा खानेपानीको उद्घाटन गरिने स्थानीय एम वि सेन्चुरीले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma