Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कांग्रेस संसदीय दलको बैठक बस्दै

 काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बस्न लागेको हो ।

आज बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले बताएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma