Home समाचार महाभियोग प्रस्ताव पास गर्न प्रतिनिधिसभाका सदस्यहरूलाई काँग्रेसको आह्वान
समाचार

महाभियोग प्रस्ताव पास गर्न प्रतिनिधिसभाका सदस्यहरूलाई काँग्रेसको आह्वान

काँग्रेसले न्यायालयको नेतृत्वमा बसेर अनियमितता र भ्रष्टाचारमा मुछिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको दाबी गर्दै महाभियोग प्रस्ताव पास गर्न प्रतिनिधिसभाका सदस्यहरूलाई आह्वान गरेको छ ।

जबराविरुद्व आइतबार प्रतिनिधिसभामा गठबन्धन दलका ९८ सांसदले हस्ताक्षर गरेर महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी ९८ सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

आज बसेको काँग्रेस संसदीय दलबाट काँग्रेसले यस्तो आह्वान गरेको हो । बैठकले एमसीसी सम्झौता संसद्बाट अनुमोदनको पक्षमा मतदान गर्ने निर्णय गर्दै त्यसका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

बैठकमा उहाँले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा हिजो परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताउनुभएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो । यस्तै बैठकले नेकपा एमालेले एमसीसीका सन्दर्भमा द्वैध चरित्र देखाएको भन्दै आश्चर्य प्रकट गरेको छ ।

एमाले अध्यक्ष ओलीनेतृत्वको नेकपा सरकारले नै २०७६ असार ३० गते नै संसद्मा दर्ता गराएको विधेयकको बिषयलाइ लिएर अहिले ढुलमुल गर्नु अनौठो भएको निष्कर्ष पनि काँग्रेसले निकालेको छ । बैठकमा सांसदहरूले संसदीय दलका नेता एवम् प्रधानमन्त्री देउवासमक्ष सरकार र पार्टीका सांसदहरूबीच दुरी बढेकोे गुनासो गरेका थिए भने समयसमयमा छलफल गर्ने वातावरण बनाइरहनका लागि माग गरेका थिए ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर