Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लघुबित्तिय संस्था विरुद्ध नगरपालिका मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र

लघुबित्तिय संस्था विरुद्ध संघर्ष समितिले शिवराज नगरपालिका मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक मनिराम ज्ञावलीको हस्ताक्षरमा रहेको पत्रमा ५ बुदे माग गरिएको छ । लघुबित्तिय संस्थाहरुले दुर्गम गाउँबस्तीमा अनउत्पादीत ठाउँमा चक्रवृति व्याजमा नागरिकहरुलाई झनै समस्या परेको बताइएको छ । ज्ञापन पत्रमा नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाह गर्नुपर्ने,आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने माग रहेको छ । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले ज्ञापन पत्रलाई सम्वन्धित कार्यालयमा पठाउने प्रतिवद्धता गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma