Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाण्डौ – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई एक सय १८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्रै जोड्न सक्यो । 

नेपालको स्कोर ६ रन हुँदा पहिलो विकेट झरेको थियो । ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल पनि व्यक्तिगत पाँच रनमा बिलाल खानको बलमा आउट हुँदा नेपालको स्कोर १२ रन थियो । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमै आउट भए । दीपेन्द्रसिंह एरी पनि ११ रनमै सीमित भए । सबैभन्दा बढी आरिफ शेखले ३८ रन जोडे । सन्दीप लामिछाने र लाेकेश बमले १६/१६, विवेक यादवले ७ र कमलसिंह ऐरीले मात्र एक रन बनाउन सके ।

बलिङमा ओमानका खवार अलीले ४ र बिलाल खानले २ विकेट लिए । यस्तै फायाज बट र जिसान मक्सुदले एक एक विकेट लिए । अहिले ओमानले  १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma