Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

निर्यात व्यापार बढाउन नेपालले एडीबीसँग थप सहकार्य गर्ने

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताउनुभयो । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उहाँले यो कुरा बताउनुभएको हो ।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउनुहुँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उहाँले भन्नुभयो, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’

उहाँले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याउनुभयो । अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा उहाँले एडीबीले कोरोना महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत प्रदान गर्नुभयो । उहाँले कोरोनाले अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने     बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma