Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले नटआउट एक सय चार रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।

याेसँगै कुशल र दीपेन्द्रले एक सय ७१ रनको कीर्तिमानी साझेदारी पनि गरेका छन् ।  कुशलले १३ चौका र एक छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले चार छक्का र ६ वटा चौका प्रहार गरे । लोकेश बम ६ रनमा नटआउट रहे । कुशल मल्लले १२ रन बनाए भने आशिफ शेखले खाता खोल्न सकेनन् । छनोटमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma