Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपाली कांग्रेस शिवराज नगर समीतीको पुर्ण वैठक सम्पन्न ।


०७ फागुन कपिलवस्तु
नेपाली कांग्रेस शिवराज नगरसमीती कपिलवस्तुको पुर्ण वैठक सम्पन्न भएको छ । नगरसमीतीको कार्यालय चन्द्रौटा वसेको वैठकले विभिन्न निर्णय गरेको नगर सचिव विष्णु पोखरेलले वताउनुभएको छ ।
वैठकले नगरमा रित्त रहेका पदहरुमा मनोनीत गरेको हो । नगर कोषाध्यक्षमा ज्योती पुन मगर , वरिष्ठ सदस्यमा राजु खराल , सदस्यहरुमा सन्दिप यादव ,सफातुल्ला मुस्लमान लगाएतकालाई मनोनीत गरेको नगर सभापति मधुसुदन पोखरेलले जानकारी दिनुभएको छ ।
वैठकले २०७९ सालको भितेपात्रो प्रकाशन तथा वितरण गर्ने , पार्टिलाई स्थानीय तहको निर्वाचनमा केन्दीत गर्ने लगाएतका निर्णय गरेको सभापति पोखरेलले वताउनुभयो ।
वैठक नगरसभापति मधु पोखरेलको सभापतित्व , सचिव विष्णु पोखरेललेको संचालन र उपसभापति करम हुशेनको स्वागतमा सम्पन्न भएको हो । वैठकमा युवा नेता तथा नगरका वरिष्ठ सदस्य राजु खराल ,वडा सभापतिहरु हरि श्रेष्ठ , प्रकास न्यापाने रामेश्वर वर्मा लगाएतकाले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma