Home जिल्ला समाचार ७२ औ प्रजातन्त्र दिवस:महराजगंज नगरपालिकाद्धारा ढेड सय बढी शिक्षक सम्मानित
जिल्ला समाचार

७२ औ प्रजातन्त्र दिवस:महराजगंज नगरपालिकाद्धारा ढेड सय बढी शिक्षक सम्मानित

कपिलवस्तु – ७२ औ प्रजातन्त्र दिवसका अवसरमा महाराजगंज नगरपालिकाले ढेड सय बढी शिक्षकलाई सम्मानित गरेको छ । नगरपालिकाद्धारा गैडहवामा आयोजित आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक बिद्यालयका सेवा निबृत तथा कार्यरत शिक्षक गरी ढेड सय जनालाई सम्मानित गरेको हो । सेवा निर्बत १४, सामुदायिक बिदालयका प्रअ, बालबिकास केन्द्रकी महिला सजकर्तालाई सम्मानित गरिएको हो ।

सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सरकारकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल, मेयर अब्दुल कलामले उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाई सम्मानित गरेका हुन । सो अवसरमा प्रदेश महामन्त्री तथा पुर्वमन्त्री आचार्यले शिक्षकलाई प्रोत्साहीत गर्न गरिएको यो कार्यक्रम नमुनायोग्य रहेको बताए ।

उनले गुणस्तीय शिक्षा आजको आवश्यकक्ता रहेको भन्दै सामुदायिक बिद्यालयका शिक्षकले निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्ने किसिमले मिहीनेत गनर्् पर्ने बताए । उनले शिक्षक भर्नाका बेला सोर्स फार्सले गर्दा योग्य शिक्षक छनौट हुन नसकेको स्विकार गर्दै त्यसको असर सामुदायिक विद्यालयमा परेको बताए । सो अवसरमा मन्त्री नेपालले महाराजगंज नगरपालिकाले शिक्षकहरुलाई सम्मानित गरेकोमा खुशीको महसुस भएको बताईन ।

उनले समाजमा परिवर्तन ल्याउन शिक्षकहरुको अहम भुमिका रहेको बताईन । उनले सामुदायिक बिद्यालयका शिक्षकहरुले गुणस्तरीय शिक्षा ल्याउनु पर्नेमा जोड दिईन । नगरपालिकाका मेयर अब्दुल कलामले शिक्षकहरुको हौसला बढाउन आफुले बिगत बर्षहरु देखि नै यो कार्यक्रम गर्दै आएको बताए । उनले गुणस्तीय शिक्षा ल्याउन सामुदयिक बिदालयका शिक्षकहरुले अझ बढ िमिहीनेत गर्नु पर्ने बताए ।

सो अवसरमा शिक्षक महासंघकी अध्यक्ष देवकला सुुबेदीले सामुदायकि शिक्षकहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक तर्फ उन्मुख भएको बेला नगरपालिकाले शिक्षकलाई सम्मातिनत गरेर हौसला थपेको बताईन ।

उनले शिक्षकहरुले समेत गुणस्तीय शिक्षा ल्याउन बिशेष मिहीनेत आवश्यक रहेको बताईन । सो अवसरमा नगरपालिको कुशाहवाका अवधी कबी काशीराम यादवले लेखेको अवधी भजन माला महामन्त्री आचार्य र मेयर कलामले संयुक्तरुपमा बिमोचन गरेका थिए । सो अवसरमा कबी यादवले अबधी कबिता समेत बाचन गरेका थिए । मेयर कलामको अध्यक्षता, बिकास बन्जाडेको संचालनमा भएको कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खा, उपाध्यक्ष तनुश्री भन्डारी, नगरपालिका वडा नम्बर ८ का अध्यष योगेन्द्र कुमार केसी, कृष्ण प्रसाद च्भर््बेदी, सुरेन्द्रमणि चौधरी, दिपक यादव लागतयले शुभकामना मन्तब्य दिएका थिए ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर