Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma