Home जिल्ला समाचार उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु
जिल्ला समाचार

उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

कपिलवस्तु,- बाणगंगा नगरपालिका वडा नं.११ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडाको आयोजना तथा वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा आजबाट उक्त तालिम सुरु भएको हो । तालिमको वडाध्यक्ष सोमनाथ अर्यालले ब्यानर वाचन गर्दै उद्घाटन गर्नुभएको थियो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष अर्यालले वडामा रहेका किशोरकिशारी तथा बालबालिकालाई नेतृत्व लिन सक्षम बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गनुभयो । आजका बालबालिका भोलिको देश विकासको आधारस्तम्भ भएका उनीहरुको व्यक्तित्व विकासका लागी वडाले विगतदेखि नै गृहकार्य गर्दै आएको बताउनुभयो । वडाले आयोजना गरेका विभिन्न प्रतियोगितामा बालबालिका तथा किशोर किशारीको विगतदेखि नै उल्लेख्य सहभागिता रहदैं आएकोमा खुशी व्यक्त गर्दै वडाध्यक्ष अर्यालले वडा बालमैत्री बनिसकेको बताउनुभयो ।

तालिममा सहभागि बालबालिका तथा किशोरकिशारीलाई वडाध्यक्ष अर्यालले अहिले आफ्नो भविष्य सुनिश्चित गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । अहिलको २१ औं शताब्दीमा आफ्नो कलालाई कलात्मक ढङगबाट प्रस्तुत गरी आफुलाई अब्बल बनाउनुपर्ने वडाध्यक्ष अर्यालको भनाई छ । तालिममा सिड्स कार्यक्रमका सिनियर प्रोग्राम कोर्डिनेटर आरटि खानले प्रशिक्षण दिनुभएको छ । वडाध्यक्ष अर्यालको अध्यक्षता, वडासदस्यहरु वाजबुदलैन शाह, जगनारायण थारु, सावित्रा वि.क., रोयल एलायन्स मेमोरियल एकडेमीका शिक्षक पशुपति शुक्ला लगायतको आतिथ्यतामा तालिमको उद्घाटन सत्र सम्पन्न भएको हो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर