Home जिल्ला समाचार नेपाल राष्ट्रिय उद्याेग संगठन विस्तारमा जुट्याे
जिल्ला समाचार

नेपाल राष्ट्रिय उद्याेग संगठन विस्तारमा जुट्याे

कपिलवस्तु – व्यवसाय महासंघ नेपाल राष्ट्रिय उद्याेग व्यवसाय महासंघ जिल्ला कार्यसमितिकाे बैठक आज संगम प्यालेस हाेटेलमा सम्पन्न भएकाे छ । बैठकमा बाेल्दै प्रमुख अतिथी नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले महासंघले व्यवसायीका समस्याहरुलाई समाधान गर्न संगठनले आवाज उठाउनु पर्ने बताउनु भयाे । महासंघले स्थानिय सरकारलाई कस्ताे नीति बनाउने हाे साे बिषयमा पैरवी गर्नु पर्ने बताउनु भयाे ।

स्थानिय सरकारले बनाएका नीति उद्याेगी र व्यापारीकाे हितमा छ कि छैन भनेर महासंघले अध्ययन गरि व्यापारीका हितमा नभएका नीति सच्चाउन सहयाेग गर्नु पर्ने बताउनु भयाे । बैठकमा महासंघका केन्द्रीय सदस्य कृष्ण सापकाेटाले काेभिडकाे मारमा परेका व्यापारीलाई ३ तहका सरकारले सम्वाेदन नगर्दा मर्कामा परेकाे बताउनु भयाे । केन्द्रीय सदस्य याेगेन्द्र मल्लले महासंघले गरेका कामकाे चर्चा गर्नु भएकाे थियाे ।

महासंघका जिल्ला अध्यक्ष महादेव पाेख्रेलले महासंघले व्यवसायीकाे गुनासाे र समस्या समाधान गर्न महासंघ तयार रहेकाे बताउनु भयाे । कार्य्रकममा एमाले जिल्ला सदस्य उमानाथ पाैडेलले सम्बाेदन गर्नु भएकाे थियाे ।

बैठककाे फागुन १४ गते सम्म बाणगंगा नगरपालिका १२ कपिलवस्तु नगरपालिका १४ गते , महाराजगन्ज नगरपालिकामा १४ गते, शिवराज नगरपालिका ११ गते, बुद्धभुमि नगरपालिकामा ११ गते नगर स्तरीय भेला गर्ने निर्णय गरेकाे छ । यसैगरी जिल्ला सदस्य शान्त बिक्रम पाैडेलकाे छाेरा नवल राज पाैडेलकाे सडक दुर्घटना परि निधन भएकाेमा समवेदना प्रकट गरिएकाे थियाे । बैठककाे संचालन जिल्ला सचिव कुशल पाैडेल , र उपाध्यक्ष कृष्ण प्रसाद गैरेले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर