Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

१ करोड २० लाख थान नयाँ पाठ्यपुस्तक छापियो, बाँकी चैतसम्ममा

काठमाडौं – सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ करोड २० लाख थान नयाँ पाठ्यपुस्तक छापेको छ। लिमिटेडका अनुसार जम्मा १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ।

लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले नयाँ शैक्षिक सत्रलाई मध्यनजर गरी तीव्र गतिमा पुस्तक छापिरहेको बताए। उनले भने, ‘अब बाँकी ७ लाख थान पुस्तक चैत अन्तिमसम्ममा छापिसक्छौँ।’

उनका अनुसार  कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगिन पाठ्यपुस्तक छापिएको छ भने १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) रंगमा पुस्तक छापिएको छ।

सरकारले चालू शैक्षिक सत्र वैशाखसम्ममा सकेर जेठ १ बाट २०७९ को नयाँ शैक्षिक सत्र थाल्ने निर्णय गरेको छ। सोहीअनुसार सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याइरहेकाे सूचना अधिकारी अर्यालको दाबी छ। ‘नयाँ पाठ्यपुस्तक छाप्दै सम्बन्धित ठाउँमा पठाइरहेका छौँ, समयमा नै विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्छ,’ उनले भने।

जनक शिक्षाको धनगढी, नेपालगञ्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालय छ। छापिएका पुस्तक त्यहाँ पठाएपछि ती कार्यालयले सम्बन्धित ठाउँमा वितरण गर्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma