Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन-प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने बताएका छन् ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा प्रचण्डले गठबन्धन नटुट्ने बताए । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए ।

त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उनले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सबै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको बताए ।

एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma