Developed By Kuldeep Sharma

७ महिना अगाडि

पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ – काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन्।

अवैध कल बाइपासको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma