Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

युवानेता खानले वडाअध्यक्ष पदमा उम्मेदवारी दिने

कपिलवस्तु-  कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानले उम्मेदवारी दिने भएका छन ।

कपिलवस्तु चन्द्रौटा पर्सियाका युवा समाजसेवी तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता मेनाज खानको वडा अध्यक्षको पदका लागि चोक चौराहामा चर्चा चलेको छ ।

शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ ।

विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी रहेका छन् । वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानको नाम चोक चौराहा बजारमा हुन थालेको छ ।

करिब १ दशक देखि राजनीतिमा होमिएका मेनाज खान अहिले वडा नं ५ को चर्चामा रहेका छन । युवा नेता खान समाजसेवामा अग्रसरता राख्ने युवाहरुमा धेरै पकड रहेका मानिन्छन ।

नागरिकको हक अधिकारको पक्षमा हुने हरेक आन्दोलनमा मेनाजले सहभागिता जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma