Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो ।

माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा शहीद सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गर्नुभयो ।

गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उहाँको भनाइ छ । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वका प्रथम शहीद रम्तेलको स्मृतिमा अक्षय कोष बनाउने घोषणा समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma