Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

माओवादी केन्द्र कपिलवस्तुका वैठक गोरुसिँगेमा सम्पन्न, माओवादीलाई हार्ने छुट छैन : नेता चुदाली

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्रका जिल्ला इन्चार्ज कमल चुँदालीले जनताको आवश्यक्ता पुरा गर्न आसन्न स्थानीय तह निर्वाचनमा माओवादीले जित्नैपर्ने बाध्यकारी अवस्था आएको बताउनुभयो । जनताको सिंहदरबार गाउँ गाउँमा ल्याएको माओवादी आफै सिंहदरबारबाट बाहिर बस्नुपरेकै कारणले सोचे जस्तो विकासे मोडेल निर्माण नभएको औल्यााउदै अब जसरी पनि सिंहदरबार पस्ने उल्लेख गर्नुभयो । “अब कमरेडहरु हार्ने छुट छैन, गर्नुस या मर्नुस तर स्थानीय तह कब्जा गर्नुस्” उहाले भन्नुभयो । 
शनिबार गोरुसिंगेमा आयोजित नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला समन्वय समितिको विस्तारित वैठकमा बोल्दै उहाले अब जनताको जनजिवीकालाई सहज गराउन र स्थानीय तहको वडा देखि मौलाउदो भ्रष्टाचार निवारण गर्न माओवादी नेतृत्व स्थानीय तहमा जसरी पनि जितेर जानुपर्ने अवस्था सिर्जना भएको औल्याउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार रामलौटन तिवारीले अबको गतिविधि निर्वाचन केन्द्रित हुने र सबै स्थानीय तहमै दु्रत गतिमा लाग्न निर्देशन दिनुभयो । “ पार्टीको स्थानीय तह कार्यकारी छ, १ साता भित्र वैठक बस्नुस्, उम्मेद्धवार छनौट गर्नुस मैदानमा जानुस् ” । उहाले भन्नुभयो । निर्वाचन जित्न सके एक्लै नसके जो संग इमान्दारीका साथ जितको ग्यारेन्टी हुन्छ त्यो पक्ष संग सहकार्य गर्न छुट भएको भन्दै यसमा स्थानीय तह आफै निर्णायक हुने समेत बताउनुभयो । तपाईहरु आफै निर्णायक हुनुहुन्छ, उम्मेद्धवार आफै छनौट गर्नुस्, को संग सहकार्य गर्ने त्यो पनि आफै तय गर्नुस् तर जनताको अभिमतको जित हुनुपर्छ, माओवादी जित्नुपर्छ उहाले भन्नुभयो । 
विस्तारित वैठकमा जिल्ला समन्वय संयोजक रामचन्द्र शाह विष्णुले केन्द्रिय सर्कुलर अनुसार २० गते भित्र सबै नगरसमिति वैठक बस्ने र २५ गते भित्र सबै वडा समिति वैठक बसेर आगामी निर्वाचन कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो । पार्टी संगठनलाई थप सुदृढिकरण गर्न नयाँ सदस्यता वितरण, निर्वाचन लक्षित गतिविधि, प्रशिक्षण, जबस भेला तथा जनताको घरदैलो अभियानलाई तिब्रता दिन १० वटै स्थानीय तहलाई निर्देशन दिनुभयो । सबै स्थानीय तहले १ साता भित्र जिल्ला समन्वयलाई स्थानीय तहको वस्तुगत अवस्था र भावी योजना सहितको प्रतिवेदन बुझाउने समेत निर्देशन दिएको छ । वैठकमा लुम्बिनी प्रदेश समिति सदस्यहरु, १० वटै स्थानीय तहका अध्यक्ष, साबिक जिल्ला समन्वय समिति सदस्य तथा केन्द्रिय तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यालय सचिव सरोज खनालले संचालन गर्नुभएको थियो वैठकमा सबै स्थानीय तहले रिर्पोटिङ्ग सहित मन्तव्य राख्दै नेतृत्वलाई सरकार छाडेर जनताको घर घरमा आइ एमसिसी बारे जानकारी गरादै आफ्नो अडान यथावत राख्न माग गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma