काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन ।
बन्दले दाङका सडक सुनसान छन्। सवारी साधन चलेका छैनन् भने बजार खुलेका छैनन्। यात्रुहरू हिँडेरै गन्तब्यमा जान बाध्य छन्।
चोकमा बन्दकर्ता बसेका छन्। प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएका छन्।
यस्तै झापामा पनि बन्दको प्रभाव देखा परेको छ। यातायातका साधन चलेका छैनन्। पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सुनसान छ।
६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दुस्ख र हैरानी खेप्नुपरेको छ।