Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजको मेयरमा काँग्रेसका ६ जना आकाक्षी


शिवराज नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसका छ जनाले आकाक्षा देखाएका छन् । गत निर्वाचनमा उम्मेदवार बनेको देखि केही नयाँ अनुहार पनि उम्मेदवार बन्ने लाइनमा छन् । काँग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल मेयरको आकाक्षी देखिएका छन् ।जिल्लाको सबै पालिकामा उम्मेदवार मिलाउन मुख्य भूमिकामा रहने खनालले मेयरमा ईच्छा प्रकट गरेका बलियो उम्मेदवार रुपमा मानिन्छन् ।
त्यस्तै गत निर्वाचनमा राप्रपा वाट मेयरका उम्मेदवार र काँग्रेस वाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका अजय थापाले भने खुलेरै उम्मेदवारी दिने घोषणा गरेका छन् । युवाहरूका लोकप्रिय रहेका थापाले निर्वाचन लक्षित भेटघाट गर्न थालेका छन् ।
गत निर्वाचनमा उपमेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका हरि पोख्रेल पनि यस पटकको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् । आन्तरिक रूपमा नेताहरूलाई भेटघाटमा व्यस्त रहेका पोख्रेल टिकट पाउनेमा ढुक्क छन् ।
काँग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझी पनि आकाक्षीको लाइनमा छन् । सलिन तथा भद्र स्वभावका रायमाझी गत निर्वाचनमा नेपाली काँग्रेस वाट मेयर पदका उम्मेदवार थिए । नेपाली काँग्रेसका नेता ईश्वरी पाण्डेले पनि मेयरको टिकट पाउने आशामा छन् । चन्द्रौटाका उत्कृष्ट व्यवसायीको रूपमा चिनिने पाण्डे पार्टीले टिकट दिएको खण्डमा उम्मेदवार बन्ने सोचमा छन् । उनी पछिल्लो समय नेताहरूको तथा गाउँ गाउँ पुगेर राजनीतिक छलफलमा व्यस्त रहेको बुझिएको छ । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेको जम्सेद अलि मियाँले पनि इच्छा प्रकट गरेका छन् । मियाँले खुलेर केही नबोले पनि अन्ततः आफुले टिकट पाउने दाबी गरेको एक स्रोत बतायो । यद्धपी आगामी निर्वाचनमा काँग्रेसवाट स्वतन्त्र उम्मेदवार नबन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma