Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पल शाह प्रकरण : संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयाेगले बलात्कारकाे आराेप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । आयाेगले आज शुक्रवार विज्ञप्ति निकालेर त्यस प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेकाे हाे । 

‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । 

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने आयोगको भनाइ छ । आयोगले यस प्रकरणमा गोपनीयताको हकको संरक्षण गर्दै संवेदनशील र संयमित हुन आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma