काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् निरन्तर अवरोध हुने भए संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ । आज बसेकाे प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
संसद् चल्न नदिएर संसदलाई पङ्गु बनाइएको भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद् भङ्ग गर्नुपर्ने बताउनुभयो ।
संसद भङ्ग गरिदिए केपी ओलीको हङ्गामा गर्ने ठाउँ नरहने उहाँको टिप्पणी छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पङ्गु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितन्डाको सामना गर्नलाई यसलाई भङ्ग गरिदिने । न संसद् रहन्छ । न हङ्गामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’
आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवराेधलाई निरन्तरता दिएकाे थियाे । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।