Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

श्रीलङ्कासँगकाे पहिलाे टेस्ट क्रिकेटमा भारत एक इनिङ्स र २ सय २२ रनले विजयी

काठामाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट त्रिकेटमा भारत एक पारी (इनिङ्स) दुई सय २२ रनले विजयी भएको छ । मोहालीमा भएको टेस्टमा भारतले पहिलो पारीमै पाँच सय ७४ रन बनाएको थियो । श्रीलङ्काले भने पहिलो र दोस्रो पारीमा गरेर जम्मा तीन सय ५२ रन बनाएपछि भारत एक पारी र दुई सय २२ रनले विजयी भएको हो । 

पहिलो पारीमा एक सय ७४ रन बनाएको श्रीलङ्काले दोस्रो पारीमा एक सय ७८ रन बनायो । दोस्रो पारीमा श्रीलङ्काका निकोलस डिकवेलाले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले चार/चार विकेट लिए । यस्तै मोहम्मद शामीले दुई विकेट लिए । 

जडेजाले पहिलो पारीमा नटआउट एक सय ७५ रन बनाएका थिए भने बलिङतर्फ पाँच विकेट लिएका थिए । आजको जितसँगै दुई खेलको शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ । यसअघि श्रीलङ्कासँग भएको टी–२० शृङ्खला पनि भारतले ‘क्लिन स्वीप’ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma