Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न सिफारिस समिति गठन

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।

समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । महाअभियोग सिफारिस समिति गठन गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले पारित पनि गरेको छ ।

यस्तो छ महाअभियोग सिफारिस समिति–

एमाले

१। विष्णु पौडेल २। लालबाबु पण्डित ३। शिवमाया तुम्बाहाम्फे ४। कृष्णभक्त पोखरेल

कांग्रेस

५ मीनबहादुर विक ६ रामबहादुर विष्ट

माओवादी

७ यशोदा सुवेदी ८ रेखा शर्मा

नेकपा एस

९ कल्याणी खड्का

लोसपा

१० एकवाल मियाँ

जसपा

११ प्रमोद साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma